भुकम्प पिडितसँग घुस लिँदालिँदै इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुकम्प पिडितलाई दिइने अनुदान निकासाका लागि घुस लिएको आरोपमा सब इन्जिनियर गणेश ठकुल्लालाई पक्राउ गरेको छ।
विपद व्यवस्थापन विभाग, काठमाडौँमा कार्यरत ठकुल्लालाई काठमाडौँ जिल्ला समन्वय समितिको क्यान्टिनबाट २२ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ।
भुकम्पको कारण भत्किएकोमा घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने क्रममा ठकुल्लाले भुकम्प पिडितसँग घुस लिएको आरोप लगाइएको छ।।