को हुन् बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल ?

जनपत्र
५ फाल्गुन २०७६, सोमबार १९:०७

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आज बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुँयाललाई सपथ खुवाउनु भएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फुयाललाई नियुक्त गरेसंगै प्रदेश प्रमुखले सपथ खुवाउनुभएको हो । तत्कालिन मन्त्री केसव स्थापीतलाई वर्खास्थ गरेपछी भौतिक पूर्वाधार मन्त्रालय पनि मुख्यमन्त्रीले समाल्दै आउनुभएको थियो ।

काठमाण्डौंको कागेस्वरी मनोहरा नगरपालिका वडा नम्बर २ घर भएका रामेश्वर फुयालको प्रशासनिक यात्रापछी पुरै समय राजनीतिक क्षेत्रमा होमिनु भएको छ । २०४९ साल बैशाख १७ गते त्यतीबेलाको सरकारले कर्मचारीमा रहेर आन्दोलन गरेको भन्दै वर्खास्थ गरेको थियो । कर्मचारी आन्दोलनका कारणनै २०४८ सालमा उहाँ निलम्वनमा पर्नुभएको थियो ।

२०३८ साल चैत २९ गते वैदार पदबाट सरकारी जागिर सुरु गर्नुभएका रामेश्वर फुयाल मुखीया, खरदार, नायव सुव्वा हुँदै साखा अधिकृतका रुपमा नाम निकाल्न सफल हुनुभएको थियो । २०४४ सालमा वढा लेखापाल र साखा अधिकृत पदमा एकैपटक नाम निकाले पनि कर्मचारी आन्दोलनमा लागेकै कारण ४ वर्ष पनि सरकारी जागिर खान पाउनुभएन ।

गाउँपालिका अध्यक्ष, सांसद हुँदै मन्त्री सम्म

रामेश्वर फुयाल राजनीतिक क्षेत्रमा गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै यो पहिलोपटक मन्त्री वन्न लाग्नुभएको हो । २०४९ सालमा काठमाण्डौको आलापोट गाविसको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । त्यसपछी २०५४ सालको गाविसको चुनावमा पनि उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । अध्यक्षपछी काठमाण्डौं जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित हुनुभयो ।

२०६४ सालको संबिधानसभाको चुनाबमा भने काठमाण्डौको क्षेत्र नम्बर ३ बाट उहाँ पराजित हुनुभयो । २०७० सालको संबिधानसभाको चुनावमा भने उहाँ निर्वाचित हुनुभएको थियो । त्यसैगरी २०७४ सालको प्रदेशसभाको चुनावमा काठमाण्डौ जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट फुयाल निर्वाचित हुनुभयो । त्यसपछी तत्कालिन एमालेको बागमती प्रदेशको प्रमुख सचेतक, पछी पार्टी एक भएपछी पनि नेकपाको प्रमुख सचेतकका रुपमा काम गर्नुभयो ।

२०३६ सालमा विद्यार्थी राजनीति देखि पार्टीको केन्द्रीय सदस्य सम्म

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लाग्नुभएका रामेश्वर फुयालको राजनीतिक यात्रा धेरै लामो छ । त्यतीवेला अनेरास्ववियुमा लाग्नुभएका फुयाल २०४१ सालमा तत्कालिन एमालेको सदस्य हुनुभयो । २०४३ साल देखि जिल्ला तहको संगठनमा वसेर काम पनि गर्नुभयो । २०४७ सालमा काठमाण्डौ जिल्ला कमिटीको एमालेको उपसचिवका रुपमा काम गर्नुभयो ।

२०५४ साल फागुन २१ गते काठमाण्डौ जिल्ला कमिटीको सचिवका रुपमा काम गर्नुभयो । लगातार २०६६ साल सम्म तत्कालिन एमालेको जिल्ला सचिवका रुपमा रहेर काम गर्नुभयो । २०५६ सालमा काठमाण्डौ उपत्यका समन्वय कमिटीको उपसचिवका रुपमा काम गर्नुभएको थियो । पार्टीको आठौ राष्ट्रिय महाधिवेशनपछी २०६५ सालमा केन्द्रीय सदस्यका रुपमा काम गर्नुभयो ।

जनपरिचालनमा फुयालको दख्खल

रामेश्वर फुयालको विशेषगरी पार्टीमा जनपरिचालनमा विशेष दख्खल रहेको छ । सामाजिक अभियानताका रुपमा समेत काम गर्दै आउनुभएका फुयालको पार्टीमा जिम्मेवारी पनि त्यसैगरी समाल्दै आाउनुभयो । संबिधान निर्माण, महिला, वालबालिका, दलितको क्षेत्रमा धेरै लामो समयदेखि उहाँले काम गर्दै आउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*