सानेपा प्रकरणः यस्तो आयो मुना र विजयको पोस्टमार्टम रिपोर्ट

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध ‘स्ट्रयाङ्गुलेसन’ का कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट देखिएको छ । घाँटीको भाग अत्यधिक रूपमा कसिन पुग्दा ‘स्ट्रयाङ्गुलेसन’ हुन्छ । नयाँ पत्रिकामा खबर छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले ‘स्ट्र्याङ्गुलेसन’का कारण मुनाको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको जानकारी दिए ।
यता ९ह्याङ्गिङ०का कारण विजय चौधरीको मृत्यु हुन पुगेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । ‘चौधरीको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘ह्याङ्गिङ’बाट भएको उल्लेख छ,’ एसएसपी राईले भने । प्रहरीका अनुसार मुनाको हत्यापछि चौधरी डाइनिङ हलको ठीक माथि रहेको फलामको बारमा पासो लगाई झुन्डिएका थिए । तर, डोरी चुँडिन पुगेपछि उनी डाइनिङ हलको भुइँमा पछारिन पुगेका थिए । शव मुचुल्का गर्दा प्रहरीले समेत चौधरीको घाँटीमा कसिएको अवस्थामा डोरी बरामद गरेको थियो ।