रोबोटको आँखाबाट हेर्दा कस्तो देखिन्छ ?

जनपत्र
५ फाल्गुन २०७६, सोमबार ०६:२५

चालक बिनाको गाडी, डेलिभरीका लागि रोबोट र ड्रोनको प्रयोग लगायत भविष्यका लागि तयारी अहिले नै अधिक गतिमा अघि बढिरहेको छ । यसको अर्थ आगामी दिनहरुमा निश्चित रुपमा हाम्रो दैनिकी रोबोटसँग जोडिँदै जानेछ । तर रोबोटले यस किसिमका कामहरु गर्दा , अर्थात मानव दुनियाँमा सुृरक्षित रुपमा यात्रा गर्न आफ्नो वरपर राम्ररी देख्न सक्नुपर्ने हुन्छ भने हेरिरहेको दृश्यलाई बुझ्नसक्नुपर्ने हुन्छ । यसबीच क्यालिफोर्नियाका इन्जिनियरहरुले निर्माण गरेको एक विशेष किसिमको क्यामराले हामीलाई रोबोटको आँखामा यो संसार कस्तो देखिन्छ भन्नेबारे थुप्रै जानकारी दिएको छ ।

मानव आँखाले देख्न सक्ने भन्दा धेरै विस्तृतमा दश्य प्रदान गर्ने सो क्यामराका दुई शक्तिशाली विशेषता रहेका छन् जुन रोबोटमा पनि अवश्य हुन्छ । पहिलो त त्यसले असाधारण रुपमा विस्तृत तस्बिर लिन सक्छ भने प्रकाशलाई प्रतिबिम्बित गराउने सबै वस्तुहरुबारे डाटा समेत संकलन गर्दछ । यसको लगत्तै अनबोर्ड कम्प्युटरले क्यामराले देखेका सबै डाटा छिटो भन्दा छिटो विश्लेषण गर्न सुरु गर्छ । जस्तै यसले तस्बिरमा देखिएको कुनै वस्तुको दुरी तत्कालै नाप्न सक्छ भने एउटा चिजलाई फोकस गरेर देखाउन पनि सक्छ । वास्तवमा रोबोटको आँखाले पनि यसरी नै काम गर्नेछ जसलाई नै भविष्यमा आफैँ चल्न सक्ने सवारी वा ड्रोनमा प्रयोग गरिनेछ ।

रोबोटको यस किसिमको दृश्यले नै यी उपकरणलाई तिनीहरु वरपर हलचल गरिरहेका मान्छे, वस्तु वा जीवको हिसाब लगाउन मद्दत गर्नेछ । आफैँ चल्ने वा उड्ने सवारीले काम गर्दा एकदम छिटोछिटो निर्णय लिनुपर्ने हुन्छ । जस्तै कि गाडी कुद्दै गर्दा अगाडी केही वस्तुको हलचल महसुस भएमा त्यो के हो, गाडी रोक्ने कि छेउबाट चलाउने लगायतका जटिल अवस्थामा एकदम छोटो समयमा गम्भीर निर्णय लिनुपर्ने स्ट्यान्डफोर्ड युनिभर्सिटीका इलेक्ट्रिकल इन्जिनियर डोनाल्ड डान्सेरेउले बताए । अरु क्यामराको तुलनामा रोबोटिक आँखामा भिन्दै किसिमको लेन्स प्रयोग गरिएको हुन्छ जुन पारदर्शी हुने हुँदा प्रकाश पनि त्यसमार्फत जान सक्छ । मान्छेले चारैतिरको दृश्य हेर्न टाउको घुमाउनुपर्छ तर रोबोटहरुको आँखाले चाहिँ सबै एङ्गलको दृश्य लिन सक्नेछ । बिबिसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*