मकवानपुरबाट लागूऔषध सहित भारतिय कार वरामद

जनपत्र
४ फाल्गुन २०७६, आईतवार १९:५४

हेटौंडा । मकवानपुरबाट पछील्लो समयमा लागूऔषध सहित भारतिय कार, टाटासुमो, ट्रक लगायतका सवारीका साधन वरामद हुने गरेका छन् । मकवानपुर प्रहरीले लागूऔषध गाँजा सहित एक जना भारतिय नागरीक पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुका प्रहरी प्रमुख राजेश कुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले नम्बरको भारतीय कारमा रोकी कारमा सवार भारत, पश्चिम चम्पारण जिल्ला, वेतिया गौरीकोट बस्ने बर्ष ४० को भगवान यादवलाई लागू औषध गाँजा सहित पक्राउ गरिएको हो।

शनिबार मनहरी तर्फबाट हेटौंडातर्फ आउदै गरेको उक्त्त कारलाइ चेकजाँच गर्दा कारको सिटमुनी लुकाइ छिपाई ल्याएको ३० किलो ६०० ग्राम र एक्स्ट्रा टायर भित्र ३ किलो गरी जम्मा ३३ किलो ६०० ग्राम लागू औषध गाँजा फेलापरेकोमा प्रहरी प्रमुख यादवले कार सहित भगवान यादवलाई नियन्त्रणमा लिएका हुन।

भगवान यादवलाई गाँजा र कार सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*