हेटौंडाको चौकीटोलमा सीपमुलक तालिम सुरु

जनपत्र
३ फाल्गुन २०७६, शनिबार १९:५२

हेटौंडा । शिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा २ को आयोजनामा सीटीइभीटी अन्तरगतको ३ सय ९० घण्टे सिपमुलक तालिम आजबाट हेटौंडाको चौटोटोलमा सुरु भएको छ ।

शिद्धार्थ मावि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मधु बजगाईको अध्यक्षता तथा हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मा लगायतकाले मन्तव्इ व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहायक प्रधानाध्यापकहरु सागर खतिवडा र रामशरण अधिकारी लगायतका हुनुहुन्थ्यो ।

सीटीभीटी अन्तरगत वागमती प्रदेशको कार्यक्रम अन्तर्गत छोटो अवधिको ३९० घन्टे सीपमुलक तालिम उद्घाटन भएको हो । तालिममा बेमौसमी तर्कारी खेतीका लागि २० जना, च्याउ उत्पादकका लागि २० जना, सामुदायिक खेती सहायक २० जनाको सहभागिता रहने शिद्धार्थ माविका शिक्षक गणेश प्रसाद हुमागाईंले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*