मकवानपुरको बागमतीमा गृहमन्त्री थापाः काम नगर्ने ठेकेदार विरुद्ध आक्रोस

जनपत्र
३ फाल्गुन २०७६, शनिबार १६:३९

हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई सरकारले अन्तिम मौका दिन लागेको बताएका छन् । मकवानपुरको फापरवारीमा शनिबारदेखि शुरु भएको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको भन्दै सरकारले अन्तिम पटक मौका दिन लागेको बताएका हुन् । उनले अन्तिम मौका दिंदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारवाही गर्ने उनको चेतावनी थियो ।

खेलकुदलाई विकास र समृद्धिसंग जोडेर लैजानुपर्नेमा जोड दिंदै उनले यो काम बागमती गाउँपालिकाले गरेको भन्दै प्रशंसा गरे । उनले नेपाली खेलकुदको क्षेत्रमा मकवानपुरको योगदान ठूलो रहेको भन्दै उनले यसलाई निरन्तरताका लागि समेत आग्रह गरे । स्वस्थ नागरिकबाटै मात्रै देश समृद्धि हुने भन्दै उनले यसमा खेलकुदको योगदान रहेको बताए । खेलकुदको विकास भएको देशमा नागरिक स्वस्थ हुने भएकाले नेपालले पनि खेलकुदमा लगानी गर्नुपर्ने उनको भनाई थियो ।

गृहमन्त्री थापाले मकवानपुर जिल्लाले खेलको क्षेत्रमा महत्वपुर्ण योगदान दिएको बताए ।  मकवानपुरका खेलाडि राष्ट्रदेखि अन्तराष्ट्रिय क्षेत्रमा सम्म पहिचान बनाउन सफल भएको भन्दै गाउँपालिकाले खेलाडि उत्पादन लगाएको लगानी सहनिय रहेको बताए । सरकारले खेल क्षेत्रका लागि आवश्यक योजना ल्याईरहेको बताएका छन् । खेल क्षेत्रको समृद्धिले आर्थिक समृद्धिमा टेवा पुग्ने बताएका छन् । बागमती गाउँपालिकामा जनताको प्रत्यक्ष सरोकार रहेका इलाका स्तरीय सरकारी निकाय स्थापनाको प्रतिबद्धता व्यक्त गरेका छन् ।

थापाले मदन भण्डारी लोकमार्गमा रहेको बागमती पुलको लागि अन्तिम पटक केही समय सम्बन्धित ठेकेदार कम्पनीलाई दिईने, सो समयमा पनि निर्माण गर्न नसकेमा कार्वाही प्रकृया अघि बढाउने बताएका छन् । सो पुलको विषयमा विभिन्न संचार माध्यमले रिपोर्ट तथा समाचारहरु प्रसारण गरीरहेका छन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सर्केश घलानले जिल्ला सदरमुकामबाट करीब ६० किलोमिटरको दूरीमा रहेकोले इलाका स्तरका सरकारी निकायहरुको स्थापनाको लागि सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष घलानले मदनभण्डारी राजमार्गमा परेको बागमती नदीमा निर्माणाधीन पुल करीब ९ बर्षदेखि अलपत्र परेको गुनासो गरेका छन् ।

आजबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेल आयोजक टिम र बागमती यूवा क्लब सर्लाहीका बीच भईरहेको छ ।खेलको केहि मिनट मै आयोजक तर्फका बाबुराम माझिले एक गोल गर्नु भएको छ भने अहिले दोस्रो हाल चलिरहेको छ । प्रतियोगिताका बिजेताले रु ६ लाख, दोश्रो हुनेले रु ३ लाख रुपैया पुरस्कार पाउने छन् । प्रतियोगिता आगामी माघ १२ गतेसम्म हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करीब ६७ लाख रुपैया अनुमानित खर्च लाग्ने आयोजकले बताएको छ ।

उनले इलाका प्रशासन कार्यालय नहुँदा त्यस क्षेत्रमा समस्या परेको गुनासो आएको भन्दै यसका लागि छिटो भन्दा छिठो पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । खेलकुद संयोजक अरुण लामा बलको सभाध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्रीका प्रमुख सल्लाहकार सूर्य सुवेदी, प्रदेशसभा सदस्य कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, नेकपा केन्द्रीय सदस्य राजाराम वाग्ले, २ नम्बर प्रदेश सदस्य डिल्लीप्रसाद उप्रेती, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्यांतान, बागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहाल, मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौर, सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामा लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा राष्ट्रियस्तरका १० टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*