मकवानपुरगढीमा कानूनी र पर्यटनका विषयमा अन्तरक्रिया

हेटौंडा । हेटौंडाको शिद्धार्थ माध्यमिक बिद्यालयको आयोजनामा आज कानूनी यात्रा र पर्यटन प्रवर्दनका विषयमा आज अन्तरक्रिया कार्यक्रम भएको छ । विद्यालयको कक्षा ११ र १२ का कानून संकायका विद्यार्थीहरुको सहभागितामा हेटौंडा २ विद्यालय देखि मकवानपुर गढी गाउँपालिका वडा नम्बर ४ मनकामना सम्मको यात्रा गरिएको हो ।
कार्यक्रममा पर्यटन पर्ष २०२० को बारेमा र कानूनी विषयमा जानकारी गराइएको थियो । शिद्धार्थ माध्यमिक बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष मधु वजगाईको अध्यक्षता तथा मकवानपुर गढी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सीनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका बिशेष अतिथी नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बागमती प्रदेश र मकवानपुरको पर्यटकीय क्षेत्रको अवसर र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक मोहनप्रसाद शर्मा, अधिवक्ता मनप्रसाद भट्टराई लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका सदस्य महेश्वरमान श्रेष्ठ, सहायक प्राचार्य सागर प्रसाद खतिवडा, विद्यालयका संयोजक गणेशप्रसाद हुमागाई, अधिबक्ता रिसीकेवी लगायतकाको आतिथ्यता रहेको थियो ।