सावित्राले जितिन् सर्वाधिक गोलकर्ताको उपाधि
नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतको महिला लिग फुटबलमा सर्वाधिक गोलकर्ताको उपाधि जितेकी छिन् ।
च्याम्पियन टिम गोकुलम केरेलाबाट लिग खेलेकी सावित्राले ७ खेलमा १९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् । सर्वाधिक गोलकर्ता बनेसँगै सावित्राले १ लाख भारतीय रुपैयाँ प्राप्त गरिन् ।
बैंगलोरमा शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्न सावित्राले निर्णायक गोल गरेकी थिइन् ।







