एसीसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि नेपाली टोलीको घोषणा

जनपत्र
३ फाल्गुन २०७६, शनिबार ०६:३२

नेपाल क्रिकेट संघ ९क्यान० ले थाइल्यान्डमा हुने एसीसी पूर्वी क्षेत्रीय पुरुष टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले आगामी फागुन १५ देखि २३ गतेसम्म हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन् । सन् २०१३ मा पहिलोपटक राष्ट्रिय टोलीमा परेका उनले पछिल्लो पटक सन् २०१७ मा बंगलादेशमा भएको इमर्जिङ एसिया कप खेलेका थिए ।

आईसीसी विश्वकप क्रिकेट लिग २ खेलेका शरद भेषवाकर, सुवास खकुरेल, रोहितकुमार पौडेल र कमलसिंह ऐरी टोलीमा छैनन् । पवन, सन्दीप र किशोरलाई मौका दिइएको छ । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ । प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, सिंगापुर, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*