लोपोन्मुख प्रजाति सालकको संरक्षण गर्नुपर्छ– मुख्यमन्त्री पौडेल

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोपोन्मुख प्रजाति सालकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । हेटौंडा–१७ चुच्चेखोला सामुदायिक वनस्थित शालक पार्कमा सालक संरक्षणकालागि आजदेखि सुरु भएको १००८ स्वर्णिम श्रीमद भागवत भक्ति सत्यम अनुष्ठानको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेल लोपोन्मुख प्रजातिको संरक्षण गर्न सकेकमा उक्त क्षेत्र विश्वव्यापि रुपमा महत्वको विषय बन्नसक्ने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको भन्दै केही वर्ष भित्रै उक्त क्षेत्र मकवानपुरको प्रमुख पर्यटकिय गन्त्व्यका रुपमा परिचित हुने बताउनुभयो । मकवानपुर गढी दरवार जाने बाटो पर्ने तथा प्रदेशको राजधानी नजिक भएका कारण पनि यसको बिकास चाँडै हुने उहाँले बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले सालक पार्कसंगै, मकवानपुरगढी, जुरेथुम, गुम्बाडाँडा जस्ता पर्यटकीय क्षेत्रमा प्रदेश सरकारले बजेट उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रदेशको राजधानिको सालक पार्कको आफैमा महत्व रहेको भन्दै सालक पार्कको क्षेत्र बिस्तार गर्न जरुरी रहेको उहाँकाे भनाइ थियाे ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सालक संरक्षणमा सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली धर्म संस्कृतिले हाम्रो पहिचानलाई बचाईरहेकोले यसको पनि संरक्षण गर्नु पर्ने बताउनुभयो । धर्मका नामा विखण्डन पैदा गर्ने काम भने कसैले गर्न नहुने उहाँले बताउनुभयाे । उहाँले भन्नुभयो–“हाम्रो धर्म संस्कृतिको नाममा आडम्वर देखायर समाजमा विखण्डनता पैदा गर्ने तत्त्वलाई वहिस्कार गर्नुपर्छ” ।
समाजमा अनुशासित ढंगले जिउन हाम्रो धर्म संस्कृतिले सहयोग गर्ने हुने संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । चुच्चेखोला सामुदायिक बनका अध्यक्ष तथा मुल समारोह समितिका संयोजक अर्जुन दहालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१७ का अध्यक्ष भैरवबहादुर राई, नेपाल ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष केशव धिताल, स्वामी आनन्द सागर, अधिवक्ता घनप्रसाद गौतम, संकल्पकर्ता उद्धव शर्मा, समूहकी उपाध्यक्ष कल्पना पराजुलीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गर्ने बताईएको छ । आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि हुन लागेको महायज्ञबाट करिब १ करोड संकलन गर्ने लक्ष्य लिईएको छ । महायज्ञमा करिब १५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।