हेटौंडामा राष्ट्रपति रनिङशिल्डः भलिवलमा कृष्ण आदर्श र जनपृय छनौट

जनपत्र
२ फाल्गुन २०७६, शुक्रबार १९:०५

हेटौंडा । मकवानपुर जिल्लाको दशौं राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत हेटौडा उपमहानगरपालिका स्तरिय छनौटमा भलिवल, एथलेटिक्स र कवड्डीका छनौट सकिएको छ । मकवानपुुर जिल्ला खेलकुद विकास समितिले दिएको जानकारी अनुसार छात्रा भलिवलमा कृष्ण आर्दश वो स्कुल छनौट भएको छ भने ज्ञानोदय वालबाटीका ई स्कुल दोस्रो भएको छ । यसै गरि छात्र भलिवलमा जनपृय मावि हटिया छनौट हुदाँ निर्मल मावि बस्तीपुर दोस्रो भएको छ ।

यस्तै कवड्डीको छात्र तर्फ बालजागृती युवाबर्ष छनौट भयो भने चन्द्रोदय मावि दोस्रो भएको छ । यस्तै छात्र तर्फ भृकुटी माविको टीम छनौट हुदाँ बालजागृती युवावर्ष दोस्रो भएका निर्णायक विमल थापाले बताएका छन् । यता एथलेटिक्स तर्फ चन्द्रोदयका ८ जना,जनज्योती माविका ६जना, प्रगतिका ५ जना,बालज्योतीका २ जना , निर्मल माविका ३ जना,भुटन देवीका १ जना खेलाडी छनौट भएका छन् । यस्तै,बालबोधबाट ३ जना,महेन्द्रकिरणबाट १,ज्योती माविबाट ६ ,भृकुटी माविबाट २, त्रिभुवन मावि हटियाबाट २, अरनीको माविबाट २, जनजागृतीबाट १ जना छनौट भएका निर्णायक राजाराम पोखरलेलले जानकारी दिएका छन् ।

यस्तै सिद्धर्थ माविका २,राजदेवीबाट १,कृष्ण आर्दशबाट १ तथा जनपृय माविबाट २ तथा सोलिड्यारीटी वो ई बाट १ जना छनौट भएका छन् । स्थानिय तहमा छनौट भएका खेलाडीहरुले जिल्ला प्रतियोगितामा सहभागि हुने पाउने जिल्ला खेलकुद विकास मकवानपुरका प्रमुख राजन दाहाल खुशराजले बताएका छन् । मकवानपुरका १० बटा स्थानिय तहबाट छनौट भई जिल्लामा विजयी खेलाडी तथा टीमले प्रदेश खेल्न जाने पनि दाहालले बताएका छन । मार्सल आर्ट तर्फ कराते, तेक्वान्दो तथा उसुका छनौट भोली हुने समिति प्रमुख दाहालले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*