सातै प्रदेशका प्रहरी प्रमुखलाई आइजीपीको निर्देशन: सुरक्षा चुनौतीलाई समाधान गर्नू

जनपत्र
२ फाल्गुन २०७६, शुक्रबार ०६:५९

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौती सामना गर्न नेपाल प्रहरी सक्षम हुनुपर्ने बताएका छन्।प्रहरी प्रधान कार्यालयबाट बिहीबार भिडियो कन्फे्रन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिँदै उनले नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापनामा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए।

प्रहरी महानिरीक्षक ज्ञवालीले चुनौतीहरुको समाधान गर्न उच्च सतर्कताका साथ परिचालन गरी आक्रामक रुपमा प्रस्तुत हुन प्रदेश प्रमुखलाई निर्देशन दिए। आवश्यकताअनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*