नेकपा विप्लब मकवानपुरले मनायो २५औ जनयुद्ध दिवस

जनपत्र
१ फाल्गुन २०७६, बिहीबार २१:३१

नेपाल कम्निष्ट पार्टी विप्लबले आज एक कार्यक्रमका बिच २५ औ जनयुद्ध दिवस मनाएको छ । मकवानपुरको बकैया मा चार सय जना नेता कार्यकर्ताको उपस्थितीमा जनयुद्ध दिवस मनाईएको नेपाल कम्निष्ट पार्टी विप्लव मकवानपुरका सेक्रेटरी पासाङले जानकारी दिनु भयो ।

बकैया मा बनभोज सहितको बिबिध कार्यक्रममा जनसत्ता प्रमुख बिक्रम नेकपा बिप्लव मकवानपुरका इन्चार्ज जमिन जिल्ला सेक्रेटरी पासाङ सहित सम्पुर्ण जन वर्गिय संगठनका नेता कार्यकर्ताको सहभागिता रहेको नेता पासाङको भनाई रहेको थियो ।

सरकारले नेपाल कम्निष्ट पार्टी विप्लब लाई प्रतिबन्ध गरेको एक बर्ष पुरा भएको र राज्यले दमन गरिरहेको प्रती नेपाल कम्निष्ट पार्टी बिप्लबले भत्सना समेत गरेको बताईएको छ ।

कार्यक्रममा बोल्दै इन्चार्ज जमिनले भने हामी राज्यका दुष्मन हैनौ तर राज्यले हामी माथी दुस्मनी गर्न खोज्यो । सरकारले जती पेल्न खोज्छ हामीलाई त्यती आत्मा बल बड्छ र कार्यकर्ताको मन जित्न सकिन्छ । कार्यक्रममा महान सहिदहरु प्रती सम्मान गर्दै क्रान्तीको दिशामा साथ समर्थन गर्ने सबैलाई धन्यबाद व्यक्त गर्दै आगामी दिनमा दलाल कालोबजारी गर्ने राज्यलाई लुट्ने हरु प्रती पार्टी ससक्त हुने समेत जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*