मानिस र मुसाको सम्बन्ध कहिले देखि ?

जनपत्र
१ फाल्गुन २०७६, बिहीबार ०६:३०

वैज्ञानिकहरूले गरेको एक सर्वेक्षणमा मानिस र मुसाको सम्बन्ध धेरै पुरानो भएको तथ्य फेला परेको छ । उक्त सर्वेक्षणबाट प्राप्त गरिएको अवशेष अनुसन्धानले मुसाहरू १५ हजार वर्ष अगाडिदेखि मानिसहरुसँग रहेको पत्ता लागेको हो।

समाज कृषि युगमा प्रवेश गरेपछि नै मुसा मानिसहरूको नजिक भएको हुनसक्ने बताइएको छ । अन्न पाइने भएपछि मुसाहरू मानिसहरूको घरमै बस्न थालेको बताइएको छ । फ्रान्सको राजधानी पेरिसमा रहेको नेसनल डि हिस्टोरे न्याचुरल्ले म्युजियमका वैज्ञानिकले दक्षिणी लेभान्टेमा भेट्टाएको मुसाको दाँतको अध्ययन गर्दा सो प्रतिवेदन आएको थियो।

पूर्वी भू-मध्यरेखीय सागर क्षेत्रमा मुसाहरुको धेरैबाहुल्यता रहेको उक्त प्रतिवेदनबाट पत्ता लागेको छ ।प्रतिवेदनका अनुसार बिरालो र कुकुरको अस्तित्व भन्दा अगाडि नै मुसाको अस्तित्व रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*