सल्यानमा प्रादेशिक महोत्सव शुरू

जनपत्र
१ फाल्गुन २०७६, बिहीबार ०६:२३

सल्यानमा बुधवारदेखि प्रादेशिक कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव २०७६ शुरू भएको छ । सल्यान श्रीनगरमा आयोजना गरिएको महोत्सवको उद्घाटन प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे ।

कृषि, पशु, वन, उद्योग, व्यापार, पर्यटनको व्यवसायीकरणद्वारा आर्थिक उन्नति गरी समृद्ध समाजको स्थापना भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गरिएको हो । महोत्सव फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण मेलामा गरिनेछ ।

महोत्सवमा २०० भन्दा बढी स्टल छन् । करीब ५ करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्यसहित सञ्चालन गरिएको महोत्सव अवधिभरमा करीब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*