बागमती प्रदेशमा कोरोनाका शंकास्पद बिरामी छैनन्

जनपत्र
२९ माघ २०७६, बुधबार २०:५५

हेटौंडा / सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका विरामी फेला परेको विषय भ्रम मात्रै भएको बागमती प्रदेश सरकारले जनाएको छ ।

माघ २३ गतेदेखि रुघा,खोकी र ज्वरोका बिरामीले स्वास्थ्य संस्थामा नियमित उपचार भएको भन्दै कोरोना भाइरसका शंकास्पद बिरामी फेला परेको अफवाह र भ्रममा नपर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले अपिल गरेको छ ।

मन्त्रालयले स्वास्थ्य विशेषज्ञको अनुसन्धान, निदान र किटानीबिना कुनै पनि अफवाह र भ्रममा नपर्न सर्वसाधारणमा अपिल गरेको हो ।

गाउँपालिकाको ३ नं. वडाको गुम्बा गाउँमा एकैपटक सय जनाभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखा परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेको थियो ।

मन्त्रालयले स्वास्थ्यकर्मीसहितको टोलीको स्थलगत अनुगमनले बिरामीमा कोरोना भाइरसको लक्षण नभएको स्पष्ट पारेको छ । मन्त्रालयले आज बुधवार प्रेस विज्ञप्ति जारी गर्दै १५९ जनाको स्वास्थ्य परीक्षण गर्दा कोही पनि सिकिस्त बिरामी नभएको जनाकारी दिएको छ ।

गाउँपालिकाले गत मंगलबार नै केन्द्र र प्रदेश सरकारसँग रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गर्न पत्र पठाएको थियो ।

उक्त विषयमा थप अनुसन्धान र बिरामीको नमुना संकलनको लागि प्रदेश जनस्वास्थ्य प्रयोग शाला, काठमाडौं र सिन्धुपाल्चोक सदरमुकाम चौतारा अस्पतालबाट डा. स्वेता श्रेष्ठको नेतृत्वमा ल्याब टेक्निसियनसहितको ४ जनाको टोली थप परिचालन भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*