बागमती प्रदेशमा नेकपाभित्र विवादः मन्त्री वन्न लागेका रामेश्वर फुयालको सपथ रोकियो

जनपत्र
२९ माघ २०७६, बुधबार १६:३५

हेटौंडा । बागमती प्रदेशमा प्रदेश सरकार र नेकपा पार्टी विचको विवादका कारण आज एक जना मन्त्रीको सपथ ग्रहणनै रोकिएको छ । पार्टीभित्रको एक पक्ष प्रदेशसभाका प्रमुख सचेतक रामेश्वर फुयाललाई भौतिक पुर्वाधार मन्त्री वन्न नदिने र प्रदेश सरकारका मुख्यमन्त्री लगाएतका नेताहरु फुयाललाई भौतिक पूर्वाधार मन्त्री वनाउन लागेपछी विवाद उत्पन्न भएको थियो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त हुने निश्चत हुनु भएका रामेश्वर फूयालको आज दिउसो हुने भनिएको सपथ ग्रहण रोकिएका हो । फुयाललाई हिजोनै मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री वनाउने टुङ्गो लगाउनु भएको थियो ।

प्रदेशसभामा नेकपाको प्रमुख सचेतक समेत रहनुभएका फुयाल भौतिक पूर्वाधार मन्त्रीको नियुक्ती पत्र समेत तयार भइसकेको थियो । तर, मुख्यमन्त्री पौडेलले नियुक्तिमा सहि गर्न भने बाकी रहेको अवस्थामा तत्काल मन्त्री फुयाललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्री वनाउन नसकिएको हो ।

मुख्यमन्त्री पौडेलले समाल्दै आउनुभएको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्रीलाई नियुक्ति दिने र लगतै प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराउने कार्यक्रम तय भएको थियो । तर, मुख्यमन्त्रीलाई नेकपाका केन्द्रीय अध्यक्ष देखि लिएर अरु केन्द्रीय नेताहरु समेतले तत्काल मन्त्री नियुक्ती नगर्नु भनेर फोन गरेपछी फुयालको नियुक्ति र सपथ रोकिएको प्रदेशका एक जना मन्त्रीले वताएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रीको सपथ ग्रहणका लागि मौखिक रुपमा तयारी रहनु भनेर हिजै जानकारी आएपनि आज भने फेरी तत्काल सपथ नहुने भयो भनेर जानकारी आएको प्रदेश प्रमुख कार्यालयका कर्मचारीले वताएका छन् । हिजोको छलफलमा प्रदेशका अहिलेका सामाजिक विकास मन्त्री युवराज दुलाल भौतिक पूर्वाधार मन्त्री वन्ने र फुयाल सामाजिक विकास मन्त्री वन्ने चर्चा चलेको थियो । तर, मुख्यमन्त्री पौडेलले मन्त्रालय फेरवदल गर्न नदिने भनेपछी फुयाललाई नै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिन लागिएको थियो । तर, केन्द्रीय नेताहरुको दवावका कारण हुन लागेको सपथग्रहण पनि रोकिएको छ ।

झण्डासहित गाडी, तर सवार हुन पाएनन् फुँयाल

बुधबार ४ बजे फुँयाललाई शपथ ग्रहणका लागि तयार हुन मुख्यमन्त्री कार्यालयले सूचनासमेत गरिसकेको स्रोतले बताएको थियो। प्रदेश प्रमुखको कार्यालयमा हुने शपथग्रहणका लागि फुँयाल तयार थिए। तर, दिउँसो एकाएक उनको सपथग्रहण नै रोकिएको हो। मुख्यमन्त्री निकट मन्त्रालयका एक कर्मचारीका अनुसार बुधबार ४ बजे झण्डासहित गाडी प्रदेश प्रमुखको कार्यालयमा जाने भन्दै भौतिक मन्त्री चढ्ने गाडीमा झण्डा हालेर तयार भइसकेको थियो। तर, विशेष कारणले सपथ रोकिएको भन्दै रामेश्वर फुँयालले मन्त्रीको पद सम्हाल्ने मिति परिवर्तन भएको छ। शपथग्रहण रोकिएपछि नेकपा बागमती प्रदेशभित्र रहेको विवाद पनि सतहमा आएको छ। शपथग्रहणको कार्यक्रम समेत तय भइसकेको अवस्थामा कुन शक्तिले फुँयाललाई मन्त्री बन्‍नबाट रोक्यो भन्ने चर्चा सुरु भएको छ।

मन्त्रालयको भागवण्डाले रोकियो

तत्कालीन एमालेबाट प्रदेशसभामा सदस्यमा निर्वाचित भएका फुँयाललाई तत्कालीन माओवादी केन्द्र नेताले मन्त्री बन्नबाट रोकेको चर्चा हुन थालेको छ। उनलाई भौतिक पूर्वाधार विकासमन्त्री बन्न नदिन तत्कालीन एमालेका नेताले समेत लविङ गरेपछि उनको आजै मन्त्री बन्ने तयारी विफल भएको बुझिएको छ। प्रदेश सरकारको सबैभन्दा धेरै बजेट भएको मुख्यमन्त्री पौडेलले केशव स्थावितलाई बर्खास्त गरेपछि भौतिक पूर्वाधार विकासमन्त्री मुख्य मन्त्रीले नै हेर्दै आएका छन्।

बागमती प्रदेश भरिमै धेरै बजेट रहेको भौतिक मन्त्रालयमा जान अहिलेका मन्त्रीहरूको समेत दौडधुप सुरु भएपछि फुँयालको यात्रा रोकिएको एक प्रदेशसभा सदस्यले बताए। तत्कालीन माओवादी सांसद स्रोतका अनुसार हाल सामाजिक विकास मन्त्रीको जिम्मेवारी बहन गरिरहेका युवराज दुलाल भौतिक सम्हाल्न केन्द्रसँग लविङ गरेपछि फुँयालको शपथ रोकिएको हो। तर, यसअघि पनि तत्कालीन नेकपा एमालेको भागमा परेको भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कुनै पनि हालतमा दिने पक्षमा छैनन्। मुख्य सचेतक रहेको फुँयालले हेटौंडा राजधानी र नाम बागमती राख्नका लागि मुख्यमन्त्री पौडेललाई सुरुबाटै सहयोग गर्दै आएका थिए‍।

फुँयाल भौतिकमन्त्री हुने हल्ला केही समय अगाडि पनि चलेको भएता पनि हुन भने पाएका छैनन्। तत्कालीन माओवादीका मन्त्री केन्द्रमा बुधबार ४ बजे हुने भनिएको शपथ ग्रहण रोकेर मन्त्रिपरिषद्मा रहेको तत्कालीन माओवादी केन्द्रबाट विजयी भएका प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्मकट्टेल र प्रचण्डको अंगरक्षक भएर काम गरेको युवराज दुलाल शक्ति केन्द्रमा लविङको लागि पुगेको बुझिएको छ। जम्मकट्टेल अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रीको भूमिका छन् भने दुलाल सामाजिक विकास मन्त्रीको भूमिकामा छन्। दुलाल निकट स्रोतका अनुसार प्रचण्डबाट नै निर्णय गरेर दुलाललाई भौतिक मन्त्रालयको जिम्मेवारी दिने तयारीमा रहेको छ। तर, मुख्यमन्त्री निकट स्रोतका अनुसार आफ्नो भागमा परेको मन्त्रालय कुनै पनि हालत छोड्न नसक्ने भनिरहेको छ।

यो विषयमा मन्त्रीको तयारी गरेका फुँयाल भने अहिले केही प्रतिक्रिया नदिने बताए। नेकपाका एक प्रदेशसभा सदस्यका अनुसार फुँयाललाई मन्त्री बनाउने अधिकार मुख्यमन्त्रीको रहेकोले फुँयाल भौतिकमन्त्री हुने पक्का रहेको छ। तर, फुँयालले नै हल्ला गर्दा समस्या भएको बताए। उनले भने, ुफुँयाल जी मन्त्री बन्ने पक्का छ। तर उहाँ आफैँले आफू मन्त्री भएको कुरा मिडियामा आउँदा चिर्न सक्नु हुन्न।फेसबुकमा बधाई खाने तर दलका नेताहरूसँग छलफल नगर्ने गर्न मिल्दैन नि।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*