बागमती प्रदेशको दोस्रो बार्षिक उत्सवः हेटौंडामा भव्य कार्यक्रम
हेटौंडा । बागमती प्रदेश सरकारले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा आज हेटौंडामा भव्य कार्यक्रम गरेको छ । बार्षिक उत्सवका अवसरमा विभीन्न कार्यक्रमगरी मनाइएको छ ।
कार्यक्रमलाई संबोधन गर्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुईवर्षको विचमा धेरै खालका महत्वपूर्ण काम गरेको वताउनुभयो । प्रदेश सरकारले परिवर्तन संभव छ भन्नेकुरा देखाएको वताउनुभयो । साग विजेता खेलाडीको सम्मान गर्दै उहाँले खेल क्षेत्रका कारण देश विदेशमा नेपाललाई चिनाएकोमा प्रसंसा समेत व्यक्त गर्नुयो ।

कार्यक्रममा प्रदेश प्रमुख विष्णु प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, सचिवहरु, प्रदेश सांसदहरु, कार्यालयका प्रमुखहरु, कर्मचारी लगायतकाको सहभागिता रहेको थियो । प्रदेश सरकारले दुईवर्षको अवधिमा गरेका कामलाई समेटेर स्मारीका समेत विमोचन गरिएको थियो ।

प्रदेशको मन्त्रिपरिषद्को वैठकले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा उत्कृष्ट कर्मचारी देखि हेलीकोप्टर निर्माण गर्ने चेपाङ सम्मलाई पुरस्कृत गरेको छ । प्रदेशका उत्कृष्ट कर्मचारीका रुपमा १५ जनालाई पुरस्कृत गरेको छ ।
आफ्नै पौरखबाट हेलीकोप्टर वनाएर उढाउन सफल चितवनका सरोज चेपाङलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ । प्रदेशले उत्कृष्ट नगरपालिका, उत्कृष्ट गाउँपालिका, मकवानपुर गढीको नौमती वाहुनबाजा र एक जना पत्रकारलाई पनि पुरस्कृत गरेको छ ।
मुख्यमन्त्री कार्यालयले राष्ट्रिय समाचार समिति मकवापनुरका सम्माददाता रिपेश दाहाललाई आज नगद रकम सहित पुरस्कृत गरेको छ । नगद रकम र सम्मानपत्र सहित मुख्यमन्त्री पौडेलले दाहाललाई पुरस्कृत गर्नुभयो ।
१६३ खेलाडी सम्मानित
बागमती प्रदेश भित्रका सागमा पदक दिलाउने १६३ जना खेलाडीलाई प्रदेश सरकारले घोषणा गरेको रकमसहित सम्मान गरेको छ। प्रदेशभित्रका सागमा सहभागीमध्ये ४० स्वर्ण पदक ल्याउने खेलाडीलाई १ लाखको दरले ४० लाख सम्मानसहित दिएको छ। यस्तै ४७ रजत पदक ल्याउने खेलाडीलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ।
यस्तै, कास्य पदक विजेता ७६ जना खेलाडीलाई २५ हजार रुपैयाँ सहित प्रदेश सरकारले सम्मान गरेको छ। यस्तै, प्रदेश सरकारले विभिन्न स्थानीय तह र सामाजिक संघ संस्थाहरुलाई सम्मान गरेको थियो। प्रदेश भित्रका उत्कृष्ट सञ्चारकर्मीको रूपमा राष्ट्रिय समाचार समितिका प्रदेश प्रतिनिधि रिपेश दाहाललाई २५ हजार रुपैयाँसहित सम्मान गरेको छ।

प्रदेश सरकार गठन भएको दुईवर्षको अवधिमा प्रदेश सरकारले गरेका महत्वपूर्ण काम मुख्यमन्त्री डोरमणि पौडेलको संबोधनमा समेटीएका मध्यका प्रमुख बुदाहरु यस्ता छन् ।
१ प्रदेश सभाको मिति २०७६ पौष २७ गतेको बैठकले प्रदेश स्थायी राजधानीको रुपमा हेटौंडा र प्रदेशको नाम बागमती गर्ने निर्णय गरिएको थियो ।
२ पर्यटनवर्ष २०२० कोप्रदे शस्तरीय उद्घाटन चितवनको सौराहामा भव्यरुपमा आयोजनागरिएको थियो ।
३ प्रदेश लोक सेवा आयोग ऐन पारित भएको र सो अनुसार प्रदेशलोक सेवाआयोग गठन भई आयोगले कार्य प्रारम्भ गरेको छ ।
४ प्रदेश नीति तथा योजना आयोगको गठन गरिएको छ ।
५ प्रदेश अन्तर्गत हाल सम्म ४५ वटा ऐन निर्माण गरिएको छ।
६ प्रदेश सरकारको आवधिक योजना २०७६/ ७७, २०८०/८१ अन्तिम मस्यौदा तयार भएको छ।
७ प्रदेश निजामती सेवा ऐनको मस्यौदा तयार भैरहेको।
८ प्रत्येक स्थानीयतहमा कानुनी सहजकर्ता नियुक्तगरी विपन्न जनतालाई सरकारी कार्यालयहरुबाट सेवा लिन सहयोग पुर्याइएको छ।
९ प्रत्येक स्थानीय तहका कम्तिमा एक वटा सरकारी विद्यालयमा १ जना हुने गरी १२१ जना विद्यालय नर्सको व्यवस्था गरिएको छ।
१० मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत सवै स्थानीयतहका विपन्न, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शहीद तथा बेपत्ता परिवार, सशस्त्रद्वन्द्वका घाइते एवम्महिलास्वास्थ्यस्वयम्सेविका समेत १ लाख जनताहरुको स्वास्थ्यपरीक्षण गर्ने गरी कार्यक्रम सञ्चालनमा रहेको छ
११ छोरी वुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत सामुदायिक क्याम्पसमा अध्ययनरत ४००जना छात्राहरुला भान्वित छ
१२ २०७६ जेष्ठ २२/ २३ गते काठमाडौंमा सार्क स्तरीय युवाबैज्ञानिक सम्मेलन आयोजना गरिएको छ।
१३ युवा बैज्ञानिक प्रोत्साहन कोषस्थापना गरिएको छ।
१४ चितवनको माडीमा १०० विघार सिन्धुलिको दुधौलिमा १२१ विघा मासामुहिक खेतिशुरु भएको छ।
१५ बेचबिखन र हिंसामा परेका महिलाको उद्दार गर्न भक्तपुरमा पुनस्थापना केन्द्र सञ्चालनमा ल्याइएको छ
१६ ५५ सामुदायिक विद्यालयहरुमा स्थापना गरिएको छ।
१७ मकवानपुर जिल्ला र भरतपुरमहानगरपालिकालाई सहयोगापेक्षी सडक मानव मुक्त घोषणा गरिएको छ।
१८ काठमाडौं उपत्यका काँठ चक्रपथपरियोजनाको कुल १५०कि।मि। सडकको सम्भाव्यता अध्ययन तथा २७कि।मि। सडककोडि।पि।आर। तयारभएको छ।
१९ मकवानपुर जिल्लामा दुई वटा वस्तिविका ससम्बन्धीअध्ययनकार्य गरिएको छ।
२० रुवीभ्याली एकीकृत विकास योजनाको डि।पि।आर। तयारभैरहेको छ
२१ पोष्टबहादुरबोगटी भिमफेदी-कुलेखानी सुरुङमार्गकोडि।पि।आर।निर्माण कार्य भइरहेको छ।
२२ चितवनको नारायणी लिफ्ट सिंचाई प्रणालीको मर्मत सुधार गरी सञ्चालनमाल्याउन लागिएको छ।
२३ एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनको लागि २१ वटाखाने पानीयोजना सञ्चालनमा ल्याइएको छ।
२४ घुम्ती माटो परिक्षण शिविर सञ्चालन भइरहेको छ।
२५ दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध कृषकहरुलाइ दूधमा प्रतिलि १ रुपैयाकादरले अनुदान वितरण, यसबाट दुग्ध उत्पादकत्वमा वृद्धि पाँच प्रतिशत भएको पाइएको छ।









