रेडक्रसको काम पारदर्सी र विवादरहित हुनुपर्छ–सांसद खतिवडा

जनपत्र
२८ माघ २०७६, मंगलवार १९:३५

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले रेडक्रसको काम विवादरहित हुनुपर्ने वताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरको ५२ औ जिल्ला सभालाई आज हेटौंडाको हटियामा उद्घाटन् गर्दै उहाँले मानिससंग गासिएको संस्था भएकाले थप पारदर्सी र विवादरहित हुनुपर्ने वताउनुभयो ।

सानो त्रुटी हुँदा पनि आर्थिक पारदर्सीता मुख्यकुरा रहेको वताउनुभयो । रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । सभामा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका मन्त्री खेमराज सापकोटाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभाले संस्थाका कोषाध्यक्ष पिताम्बर बास्तोलाले प्रस्तुत गरेको प्रतिवेदनलाई सुझावसहित अनुमोदन गरेको थियो ।

सभामा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश सभापति भोला रुपाखेती, हेटौंडा उपमहानगरपालिका वडा नं। १६ का अध्यक्ष रामकृष्ण कोइराला लगायतको उपस्थिति रहेको थियो । सभामा विभिन्न व्यक्ति तथा शाखालाई सम्मानसमेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*