हेटौंडा अस्पतालमा कोरोना भाइरसबाट वच्न मास्क वितरण, स्वास्थ्यमा सावधानी

जनपत्र
२८ माघ २०७६, मंगलवार १८:५४

हेटौंडा । मकवानपुरको हेटौंडा अस्पतालमा नोबल कोरोना भाइरस सम्वन्धी चेतना जगाउँदै निशुल्क रुपमा माक्स वितरण गरिएको छ । अस्पतालमा इमरजेन्सी, ओपीडी र वार्डमा उपचाररत विरामीलाई कोरोना भाइरसका बारेमा चेतना जगाउँदै मास्क समेत वितरण गरिएको हो ।

मकवानपुर टेक्नीकल इन्सिच्युट हेटौंडाको सहयोगमा मास्क वितरण गरिएको थियो । कार्यक्रममा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेलले कोरोना भाइरस रोगनै लाग्न नदिन पहिलेनै सचेतना अपनाइएको वताउनुभयो । हरेकले पहिलेनै सावधानी अपनाउनुपर्ने वताउनुभयो ।

अस्पतालमा छुट्टै भवनमा दुईवटा बेडमा राखेर कोरोना भाइरसका विरामी आइहालेमा उपचार गराउने अध्यक्ष पौडेलले वताउनुभयो । कार्यक्रममा हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्काले यो भाइरस पहिले पनि विभिन्न देशमा देखिएको र अहिले पनि महामारीका रुपमा चिनमा देखापरेको वताउनुभयो ।

विशेषगरी श्वास प्रश्वासबाट यो रोग देखापर्ने उहाँले वताउनुभयो । मकवानपुर टेक्नीकल इन्सिच्युटका निर्देशक चन्द्रशेखर पण्डीतले कोरोनाबाट वच्नका लागि सावधानी स्वरुप मास्क वितरण गरिएको वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*