मकवानपुरको राक्सिराङमा गरिब पहिचान गरि परिचय पत्र दिइदै

हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाका ९ वटै वडाबाट गरिबी निवारण पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सुरु भएको छ । यहि माघ २६ गतेदेखी बागमती प्रदेश सरकारको भुमि व्यवस्था कषि तथा सहकारी मन्त्रालयले गरिब निवारण पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सुरु गरेको हो ।
परिचय पत्र वितरण पश्चात गरिव तथा विपन्न परिवारहरुलाई सरकारी सेवा सुविधा दिन सहज हुने गाँउपालिकाको अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । सरकारले खटाएका गणकहरु माघ २६ गतेबाटै कार्यक्षेत्रमा खटिएको उहाँले जानकारी दिनुभयो ।
समुदायका गरिब विपन्न वर्गलाई गाँउपालिकाबाट प्रदान गरिने सेवा सिविधामा एकरुपता दिनको लागि यस कार्यक्रमको थालानी गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
गाँउपालिकामा ६ जना कर्मचारी खटाएर गाँउपालिकाको सबै वडामा रहेका घरधुरिको तथ्याङ्क सकंलन गरिरहेको गाँउपालिका उपाध्यक्ष निर्मला हिम्डुङले बताउनुभयो । राक्सिराङ गाँउपालिकाका अधिकांश मानिसहरु गरिब र विपन्न रहेका छन् । विशेष गरि लोपोन्मुख चेपाङ परिवारको बसोबास रहेको सो क्षेत्रमा वर्षभरि खान पुग्दैन । उनिहरु जीवन यापनका लागि अरुको घरमा ज्याला मजदुरी गरेर जिवन गुजारा गर्ने गरेका छन् ।