मकवानपुरमा दुग्धजन्य पदार्थ उत्पादक उद्योगहरुले खाद्य स्वचछतालाई ध्यान दिइएन

हेटौंडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दुग्धजन्य पदार्थ उत्पादक उद्योगहरुले खाद्य स्वचछतालाई ध्यान दिन नसकेको जनाएको छ ।
आज हेटौंडामा आयोजित दुध तथा दुग्ध व्यवासायीहरुसंग अन्तरक्रियामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यस्तो जनाएको हो । बिगतमा दुग्धजन्य पदार्थको कृषकदेखि व्यवासायीसम्म खाद्य स्वाच्छताबारे जनचेतना तथा अनुगमन गरेपनि उद्योगहरुले सुधार नगरेको कार्यालयले जनाएको छ ।
यद्यपी पछिल्लो समय केहि मात्रामा भएपनि सुधार हुँदै गएको कार्यालय प्रमुख सोमकान्त रिजालले जानकारी दिनुभयो । उद्योगीहरुले सरसफाईमा ध्यान नदिएको, किटजन्य बस्तुहरुको आगमनबाट जोगाउन नसकेको तथा प्लाष्टिकको भाडा प्रयोग अझै पनि केहि उद्योगमा बन्द नगरेको उहाँले बताउनुभयो ।
हाल मकवानपुरमा १२ हजार कृषकले दैनिक ४५ हजार दुध उत्पादन गरेकोमा ३५ हजार लिटर उद्योगि मार्फत प्रशोधन तथा विक्री वितरण हुने गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला आधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, डिडिसी हेटौंडाका प्रमुख गणेश यादव लगायत जिल्लामा उपभोक्ताका क्षेत्रमा सक्रिय संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।