प्यारामोटर निर्माण गर्ने सरोज प्रजालाई वाग्मती प्रदेश काग्रेश संसदीय दलको सहयोग

हेटौंडा/ प्यारामोटर निर्माण गरिरहेका सरोज प्रजालाई नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले नगद सहयोग उपलब्ध गराएको छ ।
सोमबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा प्यारामोटर निर्माण गरिरहेका चितवन राप्ती नगरपालिका–२, गड्यौलीका सरोजप्रजालाई नगद ५० हजार रुपैया“ सहयोग रकम उपलब्ध गराइएको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानिया“ तथा उपनेता कृष्णलाल भडेलले नगद सहयोग हस्तान्तरण गरेका थिए । यसअघि एकसिटे प्यारामोटर निर्माण गरेको प्रजाले अहिले दुई सिटे प्यारामोटर निर्माण गरिरहेका छन् । उक्त मोटर निर्माण गर्नका लागि २५ लाख रुपैया“ लाग्ने उनले बताए ।
उनका अनुसार उक्त मोटर एकहजार मिटर माथि र प्रतिघण्टा ६० किलोमिटरको गतिमा उड्नेछ । उनले यसअघि २०७४ सालख चैत १ मा एक सिटे प्यारामोटरको सफल परीक्षण गरेका थिए । उनले फागुन महिनाभित्रमा अहिले निर्माणधिन अवस्थामा रहेको प्यारामोटरको परीक्षण सम्पन्न गरिसक्ने लक्ष्य लिएको बताए । उनले प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रमअन्तर्गत् सहयोग गर्ने वचन दिएको भएपनि हालसम्म सहयोग रकम उपलब्ध नगराएकोभन्दै दुःख व्यक्त गरे ।