हेटौंडामा बालमैत्री स्थानीय शासन सम्वन्धी अभिमुखीकरण

जनपत्र
२६ माघ २०७६, आईतवार १३:४९

हेटौैंडा । बालमैत्री स्थानीय शासन अवलम्वन सम्वन्धी सरोकारवालावीच अभिमुखीकरण दुईदिने कार्यक्रम आज सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका, नगरकार्यपालिकाको आयोजनामा ‘बालबालिकामा गरेको लगानी, ल्याउँछ सुनौलो विहानी’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो ।

बालबालिकाको क्षेत्रमा प्रगति सुनिस्चित गर्न हालसम्म भएका प्रयासलाई समिक्षा गर्दै यस उपमहानगरपालिकालाई बालमैत्री नगरको रुपमा विकास गर्न सरोकारवालाहरुको उपस्थितीमा छलफल गरिएको हो । यसै छलफलबाट कार्ययोजना निर्माण गरेर समन्वय र सहकार्यबाट बालमैत्री स्थानीय शासन अवलम्वन गर्ने काम अगाडी वढाउन लागिएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, हेटौंडाका वडाअध्यक्षहरु, उपमहानगरपालिकाका महासाखाका प्रमुख, साखा प्रमुख, विद्यालय, सामाजिक संघसंस्था, महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरतहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विष्णुप्रसाद चौवेले सहजीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*