पोल्ट्री व्यवसायीको बेइमानी : भारतबाट कुखुराको मासु तस्करी हुँदै

जनपत्र
२६ माघ २०७६, आईतवार ०७:५३

मागभन्दा उत्पादन बढी भएको जनाउँदै पोल्ट्री व्यवसायीले १० दिन ‘चिक्स होलिडे’ गरे। र, सेटन मेसिनमा सेट गरिएका ‘ह्याचिङ’ अण्डा मंसिर २९ गतेदेखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरे।
मंसिर २९ देखि पुस ८ सम्म ह्याचरीबाट उत्पादित ब्रोइलर, कलर ब्रोइलर र क्रोइलर चल्ला बिक्री–वितरण तथा ओसारपसार बन्दसमेत गरे। व्यवसायीले ऐनविपरीत पोल्ट्री फार्मबाट कुखुराका चल्लासमेत नष्ट गरे। व्यवसायीका निर्णयले १ करोड २० लाख किलो मासु उत्पादन कम भएको पशु सेवा विभागको भनाइ छ। त्यतिखेर व्यवसायीले ुचिक्स होलिडेुको ३ महिनापछि मात्र आफूहरुले कुखुराको भाउ पाउने बताएका थिए। तर, चल्ला नष्ट गरेको डेढ महिना नबित्दै बजारमा कुखुराको मासु अभाव भइसकेको छ। बजारमा अभावको मौका छोपी व्यवसायीले हालसम्मकै उच्च किलोकै ४२० रुपैयाँमा मासु बेचिरहेका छन्। माग धान्न भारतबाट समेत तस्करी शुरु भएको उनीहरुको भनाइ छ।
सस्तोमा ल्याएर महँगोमा बिक्री गर्न पाइने भएकाले यस्तो भएको सरोकारवाला बताउँछन्। पुस अन्तिम साता मात्रै बिनाकागजात आयात भइरहेका २ हजार कुखुरा नियन्त्रणमा लिइएको पशु क्वारेन्टाइन कार्यालय, काठमाठौंले जानकारी दिएको छ, यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*