भारतलाई आईसीसीको ठूलो जरिवाना

जनपत्र
२३ माघ २०७६, बिहीबार ०६:३२

भारतीय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० को लगातार तेस्रो पटक कारवाहीमा परेको छ । बुधबार आईसीसीले एक प्रेस विज्ञप्ती जारी गर्दै ८० प्रतिशत जरिवाना लगाएको छ ।

ह्यामिल्टनमा बुधबार सम्पन्न न्युजिल्यान्डसँगको पहिलो ओडीआई खेलमा ‘स्लो ओभर रेट’ को कारण भारत लगातार तेस्रो पटक कारबाहीमा परेको हो । बुधबार पहिलो ओडीआईमा न्युजिल्यान्डले भारतलाई ४ विकेटले हराएको थियो । न्युजिल्यान्डले ३ सय ४८ रनको लक्ष्य ६ विकेट गुमाउँदै ४८।१ ओभरमा पुरा गर्दै शानदार जित दर्ता गरेको थियो । जसक्रममा भारतले निर्धारित समय भन्दा चार ओभर खेल ढिला गरेपछि ८० प्रतिशत जरिवानामा परेको हो ।

आईसीसी प्यानलका म्याच रेफ्रि क्रिस बोर्डले भारतले निर्धारित समय भन्दा चार ओभर ढिला गरे पछि कारबाही परेको जनाएका छन् । आईसीसीको नियम २।२२ अनुसार निर्धारित समय भन्दा एक ओभर ढिला भए खेलको २० प्रतिशत जरिवाना लाग्ने गर्दछ । त्यसै अनुसार भारत ८० प्रतिशत जरिवानमा परेको हो । कोहलीले जरिवाना स्वीकार गरेका छन् ।

आईसीसीले आईतबार सम्पन्न पाँचौ तथा अन्तिम टि ट्वान्टी खेलमा ‘स्लो ओभर रेट’ को कारण भारतलाई २० प्रतिशत रकम जरिवना लगाएको थियो । त्यसअघि भारतलाई शुक्रबार न्युजिल्यान्डसँगको चौथो टि ट्वान्टी खेलमा ‘स्लो ओभर रेट’ को कारण आईसीसीले भारतलाई ४० प्रतिशत रकम जरिवना लगाएको थियो । भारतले पाँच टि ट्वान्टी सिरिज क्लिनस्वीप गरेको थियो । तीन ओडीआई सिरिज अन्तर्गत दोस्रो खेल शनिवार हुने छ । टि ट्वान्टी सिरिजमा क्विनस्वीप बेहोरोको घरेलु टोली न्युजिल्यान्ड ओडीआई सिरिज जित्ने सोचमा छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*