गंगामायाले गुहारिन् राष्ट्रसंघ

जनपत्र
२२ माघ २०७६, बुधबार ०७:३०

गंगामाया अधिकारीले आफ्नो न्यायको मागलाई अन्तर्राष्ट्रियकरण गरिदिन संयुक्त राष्ट्रसंघ गुहारेकी छन्। उनले मंगलबार राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डलाई पुल्चोकमा भेटेर आफ्नो माग राखेकी हुन्।

जुलियान्डसँग बिहान ८ः४५ देखि १० बजेसम्म कुराकानी भएको गंगामायासँगै राष्ट्रसंघको नेपाल कार्यालय पुगेका अधिवक्ता ओमप्रकाश अर्यालले बताए। ‘गंगामायाले द्वन्द्वकालमा छोराको हत्या भएका विषयमा न्याय नभएको गुनासो गर्नुभयो। यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिदिन आग्रह गर्नुभयो’, अधिवक्ता अर्यालले अन्नपूर्णसँग भने, ‘उहाँले पीडकले नै राज्य कब्जा गरेको अवस्था रहेको भन्दै यहाँ न्यायको आस मरेको भनाइ पनि राख्नुभयो।’

जुलियान्डले यो विषयलाई आवधिक प्रतिवेदनमा पार्न राष्ट्रसंघका विशेष समाधिक्षकलाई सुसूचित गर्नुपर्ने धारणा राखेको उनले सुनाए। जुलियान्डले गंगामायाका मागमा ऐक्यबद्धता रहेको आश्वासनसमेत दिएका थिए। ‘गंगामायाले न्यायका लागि मृत्युवरण गर्छु भनेपछि जुलियान्डले यस्तो कुरा स्वीकार्य नहुने बताउनुभयो’, उनले भने। जुलियान्ड गत बिहीबार गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*