‘वाइडबडी’ पछि ‘न्यारोबडी’मा भ्रष्टाचार, डेढ अर्ब घोटाला

जनपत्र
२२ माघ २०७६, बुधबार ०७:२९

नेपाल वायुसेवा निगमलाई पाँच बर्षअघि दुइवटा न्यारोबडी विमान एयरबस ए३२० विक्री गर्ने युरोपियन कम्पनी एयरबसले तत्कालीन खरिद विक्रीमा संलग्न नेपाली सरकारी अधिकारी तथा एजेन्टलाई ३ लाख ४० हजार युरो ९करिब ४ करोड २८ लाख रुपैंयाँ० ‘घूस’ दिएको खुलासा गरेको छ ।

फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले गत बुधबारको मिति राखेर सार्वजनिक गरेको अदालती सम्झौतापत्रमा १८ लाख ९करिब २० करोड० को प्रतिबद्धता भएको रकममध्ये एयरबसले नेपाली एजेन्ट र खरिदमा संलग्न सरकारी अधिकारीहरुलाई ‘घूस’ वापत भुक्तानी गरेको उल्लेख छ ।

यो रकम सन् २०१४ फेब्रुअरी९२०७० माघ० देखि सन् २०१५ अप्रिल९२०७१ चैत० सम्म पटक पटक भुक्तानी भएको पत्रमा उल्लेख छ । कान्तिपुर दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*