बागमती प्रदेशः मकवानपुरका खोला नियन्त्रणका लागि काम हुँदै

जनपत्र
२० माघ २०७६, सोमबार ०८:४०

हेटौंडा । बागमती प्रदेश सरकारको लगानीमा मकवानपुरमा खोला नियन्त्रणका लागि यस वर्ष काम गर्न लागिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुरका विभीन्न स्थानीय तहका खोला नियन्त्रणका लागि काम गर्न लागेको हो ।

प्रदेश सरकारले चौरा खोला नियन्त्रणको लागि ३५ लाख रुपैयाँ वजेटबाट काम गर्न लागेको छ । मकवानपुरकै लमकाढाका खोला नियन्त्रणका लागि ३५ लाख रुपैयाँ, मकवानपुरको मनहरीमा रहेको लोथर खोला नियन्त्रणका लागि ३५ लाख रुपैयाँमा काम गर्न लागिएको छ ।

मनहरीकै हाडीखोला नियन्त्रणका लागि ११ लाख रुपैयाँमा काम गर्न लागिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयलय सिंधुली, भक्तपुर, धादिङ्ग, चितवन लगायतका जिल्लामा पनि नदि नियन्त्रणका लागि काम गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*