बागमती प्रदेशको प्रर्यटन प्रवर्दन गर्न हेटौंडा रन

हेटौंडामा झाँकी सहित पाँच हजार जनालाई दौडाईदै
जनपत्र
१९ माघ २०७६, आईतवार ०६:३५

हेटौंडा । बागमती प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हेटौंडा रन कार्यक्रम गरिने भएको छ । हेटौंडामा झाँकी सहित यही माघ २५ गते हुने कार्यक्रममा ५ हजार जनालाई दौडाउने कार्यक्रम रहेको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा पर्वतिय खेलकुद महासंघ नेपाल बागमती प्रदेशको संयोजनमा कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमको तयारीमा मन्त्रालय र महासंघ लागेको छ । हेटौंडा रनमा पुरुष र महिलाको छुट्टा छुट्टै दौड कार्यक्रमको आयोजना गरिएको पर्वतिय खेलकुद महासंघ नेपाल बागमती प्रदेशका सचिव सफल अधिकारीले जानकारी दिनुभयो । हेटौंडा रनमा देशैभरीबाट दौडमा सहभागि हुने आयोजकले अपेक्षा गरेको उहाँले वताउनुभयो ।

हेटौंडामा महिलाका लागि ५ किलोमिटर र पुरुषका लागि १० किलोमिटर दौडको आयोजना गरिएको हो । दौडमा प्रथम हुने महिला र पुरुषले ५० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी द्धितीय हुने प्रतियोगिले ३० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुनेले २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने अधिकारीले जानकारी दिनुभयो ।

भ्रमणवर्षलाई स्वागत गर्दै खेलका माध्यमबाट पनि पर्यटन प्रर्वदन गर्न सकिन्छ भन्ने उदेश्यले यो कार्यक्रम गरिएको हो । हेटौंडा रनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगि १५ महिला १५ पुरुष र विभीन्न संघसंस्थाका प्रमुखहरु दौडने कार्यक्रम रहेको छ । हेटौंडा रनमा पर्यटन प्रवर्दन गर्न टिसर्ट लगाएर दौडने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*