हेटौंडाको स्मारकमा राखिएका मूर्ति, हनुमान कि पहलमान ?

जनपत्र
१८ माघ २०७६, शनिबार ०८:४८

हेटौंडा । हेटौंडाको शहिद स्मारकको मुल गेटबाट भित्र छिर्ने वित्तिकै आजभोलि एउटा बडेमानको मूर्ति देखिन्छ । कतिले यो मूर्तिलाई हनुमानको भन्ठानेका छन् भने कतिले पहलमानको । यो मूर्तिसंगै वसेर स्मारकमा आएकाहरु तस्बिर खिचाउनेहरु धेरै छन् । पर्यटन प्रर्वदनका लागि राखिएको यो मूर्ति किन राखियो भन्नेहरु पनि त्यतिकै छन् ।

सरकारका निकायहरुले यो मूर्ति हिममानव यतीको हो भनेका छन् । विज्ञहरु भने यसमा यतीको परिकल्पित स्वरुप कत्ति पनि नझल्किने बताउँछन् । यसलाई हेर्ने बटुवाहरुले चाहिँ आ–आफ्नो हिसाबले लख काटेका छन् । तीमध्ये कतिपयले यसलाई लाफिङ बुद्ध ठानेका छन् भने कतिले ऋषिमुनि ।

माघ १४ गते राष्ट्रपति विद्यादेवि भण्डारी आउने कार्यक्रममा उहाँ अवलोकन गर्ने मुल सडककै विचमा यो मूर्ति राखिएको थियो । यो मूर्तिले मानव निर्मित सहिद स्मारकलाई गिज्र्यारहेको थियो । स्मारकमा आउनेहरुको ध्यान तानेपनि स्मारकको सुन्दरतानै सवै भन्दा महत्वपूर्ण छ । सवैतिर घुम्दा वास्तविक पर्यटकिय स्थल स्मारक देख्न सकिन्छ । तर, स्मारकको मुलगेटमै राखिएको यो मूर्तिले नयाँ खालको मूर्ति भएकाले केही ध्यान तानेपनि पर्टटक भने तान्न नसक्ने प्रतक्षदर्सीहरु वताउँछन् ।

नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले यतीको वासस्थान हिमालय क्षेत्रको प्रवर्द्धन गर्ने भन्दै यस्ता मूर्ति बनाएर विभिन्न ठाउँमा राख्नेक्रममा हेटौंडाको सहिदस्मारकमा पनि राखिएको हो । यतीबारे जानकारी राख्नेहरु भने यस्तो बेढंगे मुर्तिले भ्रमण वर्ष कै खिल्ली उडाएको बताउँछन् ।
प्रचलित किंवदन्तीसमेत नपढी, नसुनी अहिले मूर्तिमा प्रस्तुत गरिएको यती देखेर अध्येताहरु असन्तुष्ट छन् । यसले जनमानसमा प्रचलित यती मिथकमै नकारात्मक असर पर्ने चिन्ता उनीहरुमा छ ।

सामान्य अध्ययन पनि नगरी तयार गरिएको मूर्तिलाई ‘यती’ भनेर प्रचार गरिएकोमा यती सम्बन्धी अध्ययेताहरुले आपत्ति जनाएका छन् भने मूर्तिमा कोरिएका चित्रहरुले संस्कृति र सम्पदाप्रेमीहरुलाई दिक्क पारेको छ । हिमालय क्षेत्रमा हिममानव यती छ भन्ने मिथकहरु रहिआएको छ । स्मारकमा राखिएको यस मूर्तिमा फोटो खिचाउन बाहेक खासै पर्यटक प्रर्वदन गर्न नसकेको चितवनबाट स्मारक घुम्न आउनुभएका श्याम दाहाल वताउनुहुन्छ ।

बेलाबखत हिउँमा देखिएका भनिएका बडेमाको पाइलाजस्तो डोबका आधारमा रहस्यमय यतीसम्बन्धी किंवदन्तीहरु बनेका हुन् ।
यस्ता किंवदन्तीमा आधारित भएर मुखाकृति र शरीरको बनोट मिल्ने गरी सुन्धारास्थित नेपाल वायु सेवा निगमको कार्यालयमा यतीको मूर्ति बनेको छ । स्मारकको सुन्दर तस्बिरनै पर्यटन प्रवर्दनका लागि सवै भन्दा राम्रो भएको हेटौंडा ४ बाट स्मारकमा घुम्न जानु भएका पिताम्बर सापकोटा वताउनुहुन्छ । त्यो राखिएको मूर्ति भन्दा धेरै गुना स्मारक सुन्दर र पर्यटक लोभ्याउने स्थान रहेको उहाँले वताउनुभयो ।

प्रचलित किंवदन्तीसमेत नपढी, नसुनी अहिले मूर्तिमा प्रस्तुत गरिएको यती देखेर अध्येताहरु असन्तुष्ट छन् । यसले जनमानसमा प्रचलित यती मिथकमै नकारात्मक असर पर्ने चिन्ता उनीहरुमा छ । ‘यतीको हात घुँडाभन्दा तलसम्म पुग्ने गरी लामो हुन्छ भन्ने नेपाली कथन छ, टाउको पनि कथाहरुमा भनिने जस्तो राखिएको छैन,’ पाँडे भन्छन्, ‘शेर्पाहरुले यती देखेका भनेर गरेका वर्णनसँग यो मूर्तिको केही पनि मिल्दैन ।’

भुटानले आफ्नो मिथकका आधारमा यतीको हुलाक टिकट नै प्रकाशित गरेको भन्दै पाँडेले नेपालमा अध्ययन नै नगरी ‘यती’ भन्दै स्वरुप नै नमिल्ने मूर्ति जताततै राख्दा देशकै खिल्ली उड्ने अवस्था आएको बताए । पाँडे भन्छन्, ‘न टाउको मिलेको छ, न भुँडी ।’
उनका अनुसार, यती उभिएको कल्पना गरिन्छ, तर काठमाडौं बसेको यती देखाइएको छ । विश्व चर्चित यतीलाई यस्तो बेढंगे तालले प्रदर्शन गरिनु दुःखद् भएको पाँडे बताउँछन् । उनी भन्छन्, ‘यस्तो हर्कतले त विश्वले विश्वास गरेको यतीका बिम्बमाथि नै प्रश्न उठाउने र अविश्वास पैदा गराउने काम मात्र गर्छ ।’

यो मूर्तिको ‘स्केच’ कलाकार आङछिरिङ शेर्पाले बनाएका हुन् । भ्रमण वर्षको सचिवालयले गरेको आग्रहमा शेर्पाले यस्तो डिजाइन बनाएर दिएका थिए । जसलाई कलाकार विजय महर्जनले मूर्तिको स्वरुपमा ढालेका हुन् । महर्जनले बनाएको फर्मामा धमाधम यस्ता मूर्ति तयार गरिँदैछ ।

फर्मामा एकनासका मुर्तिहरु तयार पारेर तिनमा अनेक किसिमका चित्र कोरेर ‘आकर्षक’ बनाउने काम अहिले पनि जारी छ । भ्रमण वर्षको सचिवालयले १ सयभन्दा बढी मूर्ति बनाउने ठेक्का लगाएको छ । तयार भएका मूर्तिहरु पर्यटकीय स्थल, प्रमुख चोक र विमानस्थलदेखि हिमालका आधार शिविरसम्ममा राख्ने क्रम चलिरहेको छ ।

विदेशमा पनि यस्तो मूर्तिहरु लगेर राख्ने योजना बनेको छ । एउटा मूर्ति तयार गर्न ८ लाख बढी खर्च हुने सचिवालय स्रोतले बतायो । यो पटक मात्रै १० करोड बढी खर्चिएर यस्ता मूर्ति राख्न लागिएको सचिवालय बताउँछ । यत्रो ठूलो रकम खर्च भएको मूर्तिहरु विवादमा मात्रै फस्न पुगेका छैनन्, कतिय स्थानबाट हटाउनपर्ने अवस्था सिर्जना भएको छ ।

भ्रमण वर्षको सचिवालयका अधिकारीहरु भने शेर्पा कलाकारलाई नै ‘स्केच’ तयार गर्न लगाइएकाले विवाद हुनुनपर्ने भनिरहेका छन् । डरलाग्दो जनावरलाई हसिँलो रुपमा प्रस्तुत गर्दा फरक अनुभव भएको हुन सक्ने तर्क उनीहरुको छ । शालीन ढंगको यती कस्तो हुन्छ भन्ने परिकल्पना आफ्नो प्रकाशित पुस्तकमा पनि गरेको भन्दै पाँडे यो आकृति ‘यती’ भन्नलायक नभएको दोहोर्याउँछन् । ‘यतीको विृकत रुपलाई नै जनमानसमा स्थापित गरियो भने रहस्यात्मक यो ज्युँदो मिथक मर्न सक्छ,’ पाँडेको चिन्ता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*