हेटौंडाको सहिद स्मारकमा मनाइयो सहिद दिवस

जनपत्र
१६ माघ २०७६, बिहीबार १८:५६

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको शहिद स्मारकमा आज शहिद स्तम्भमा माल्यार्पण तथा अमर शहिदप्रति नेपाली सेनाद्धारा सलामी दिईएको छ । शहिद सप्ताहमा भएको विभिन्न कार्यक्रमका विजयीहरुलाई आज भएको समापन कार्यक्रममा पुरस्कृत तथा सहयोग गर्ने संघसंस्थालाई प्रमात्रपत्र प्रदान गरिएको थियो ।

सप्ताहव्यापी रुपमा १० गते सुरु भएको कार्यक्रममा वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यिक कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातीको मौलीकता झल्कने सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका थिए ।

शहिद स्मारक समितिका अध्यक्ष तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानियाँ, जिसस प्रमुख रघुनाथ खुलाल, समितिका उपाध्यक्ष रामेश्वर राना लगायतले शहिदहरु प्रतिको त्याग तपस्या र उनीहरुको योगदानको आफ्नो भनाई राखेका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेलले सहिदहरुले बलिदानले देश यो अबस्थासम्म आएको भएपनि अझै कयौ समस्या रहेको बताए । उनले भने ”मानिसका जीवन दिनप्रति दिन सरल र सहज बन्दै गईरहेका छन् तर नेपाली जनताको जीवन आज पनि कष्टप्रद छ । हजारौं बालबालिका शिक्षाबाट बञ्चित छन् । युवाहरु अवसरबाट बञ्चित छन् । थुप्रै जनता गाँस, बास र कपासको समस्यामा छन् । यो युग सुहाँउदो कुरा होईन । यसलाई परिवर्तन गर्नुपर्छ । गर्न सकिन्छ ।”

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश प्रमुख सचिव तोयम राय, सुरक्षा निकायका प्रमुखहरु, टोल विकासका अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*