हेटौंडाबाट ६३ केजी गाँजा सहित २ जना पक्राउ

जनपत्र
१६ माघ २०७६, बिहीबार १८:३७

हेटौंडा । मकवानपुर प्रहरीले ६३ केजी लागूऔषध गाँजा र अफिम बोकेर पुर्व–पश्चिम राजमार्गमा हुँकिरहेको बोलेरोसहित २ जनालााई पक्राउ गरेको छ ।

हेटौंडा–१९ नेवारपाती स्थित पूर्वपश्चिम लोकमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रहरी टोलीले बुधबार राती साढे ९ बजे ६३ केजी गाँजा र ३ सय ग्राम अफिमसहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बारा पर्सौनी गाउँपालिका–६ का २८ बर्षीय रामजी साह तेली र आदर्श कोतवाला गाउँपालिका–२ का ३० बर्षीय प्रेम पटेललाई पक्राउ गरेको छ ।

बोलेरोको पछाडि भागमा फल्स बटम बनाइ लुकाइ ल्याएको २१ वटा प्लाष्टिकको पोकामा ६३ केजी गाँजा र ३ सय ग्राम अफिमसहित २ जनालाई पक्राउ गरेको छ ।

मनहरीबाट हेटौंडा तर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्बरको बोलेरो पिकअप गाडीलाई जाँच गर्दा बोलेरोमो प्रतिबन्धित गाँजा र अफिम फेला परेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेशसिंह राठौरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*