हेटौंडाको एउटै वडामा ८ सय ३९ जना प्रेसरका बिरामी

जनपत्र
१६ माघ २०७६, बिहीबार ०७:३३

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा आँठ सय ३९ जना प्रेसर (रक्तचाप) को बिरामी फेला परेको छ । वडा कार्यालयले गत भदौ महिनादेखि हालसम्म संकलन गरेको स्वास्थ्य सम्बन्धि अनुसार, ९ नम्बर वडामा आँठ सय ३९ जना प्रेसरको बिरामी फेला परेको हो ।

तथ्याङक अनुसार, मधुमेह (सुगर) सम्बन्धी चारसय ६२, थाइराइडसम्बन्धी दुईसय १५, नसा सम्बन्धी एकसय ५३, मुटुसम्बन्धी एकसय ३१, गाइनोसम्बन्धी एक सय ४९, दमसम्बन्धी एकसय १५, क्यान्सरसम्बन्धी १२ र किड्नी सम्बन्धी १७ जना बिरामी फेला परेको छ ।

वडाको प्रत्येक घरमा पुगेर तथ्याङक संकलन गर्ने काम भइरहेकोले सबै बिरामीको तथ्याङक सार्वजनिक हुन अझै समय लाग्ने हेटौडा–९ का वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिए । उनले सार्वजनिक तथ्याङक अनुसार, सबैभन्दा बढी फेला परेको रक्तचापको बिरामीलाई प्राथमिकता दिँदै अत्याधुनिक प्रविधिमार्फत वडामा शिविर संचालनको तयारी गर्ने बताए । वडामा कुल जनसंख्या नौ हजार एकसय २१ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*