नेपाल बुद्धीचाल संघको साधारणसभा तथा अधिवेशन चैतमा

जनपत्र
१५ माघ २०७६, बुधबार १९:५८

हेटौंडा । नेपाल बुद्धीचाल संघको केन्द्रीय साधारणसभा तथा अधिवेशन आउँदो चैत २८ र २९ गते पर्षा जिल्लाको विरगन्जमा हुने भएको छ । बुद्धीचाल संघको आज हेटौंडामा वसेको वैठकले चैतको अन्तिम हप्तामा साधारणसभा गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले साधारण सभा तथा अधिवेशनका लागि मिति तय गरेको हो ।

विरगन्जमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बुद्धीचालसंघको बागमती प्रदेशको पहिलो साभारण सभा भोली हेटौंडामा हुने भएको छ । भोलीको साधारण सभाको सवै तयारी पुरा भएको उहाँले वताउनुभयो । भोली हेटौंडामा हुने साधारण सभाका लागि प्रदेशभरीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*