मकवानपुरबाट गाँजा र नाइट्रोभेट सहित ४ पक्राउ

हेटौँडा। मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ला औषध गाँजा र नाइट्रोभेट सहित ४ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक दमन तामाङ र ईलाका अस्थाई ट्राफिक प्रहरी पोस्ट नेवारपानिबाट प्रहरी सहायक निरीक्षक तेज प्रसाद खतिवडाको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरीबाट बिरगंजतर्फ जाँदै गरेको ना ७ ख ६९० नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा १० किलो ५६० ग्राम लागु औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
गाँजा सहित पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ बस्ने ४२ वर्षीय कान्छाराम मुक्तान सोही गाउँपालिका–९ बस्ने ३५ वर्षीय ज्ञान बहादुर प्रजालाइ पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आईतबार पत्रकार सम्मेलन गरी जनाएको छ ।प्रहरीले उनिहरुसंगै गाँजा कारोबारी अन्य ३ जनालाई नियन्त्रणमा लिएको र उनिहरुमाथी आवश्यक अनुसधान भइरहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन ।
त्यसैगरी प्रहरीले हेटौँडा १५ पशुपति नगरबाट लागुऔषध नाइट्रोभेट सहित दूई युवालाई नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटि गएको टोलीले हेटौंडा–१५ मा शंकास्पद अवस्थामा हिडीरहेका दुई युवालाई ७३ ट्याब्लेट लागुऔषध नाइट्रोभेट सहित नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्र्नेमा हेटौंडा–१५ बस्ने वर्ष २२ का विजय डिम्डुङ र हेटौंडा–१६ बस्ने वर्ष २६ का सोम थोकर रहेको आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुर प्रहरी प्रवक्त प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जनाएका छन ।