मकवानपुरको बकैयामा आज सार्वजनिक विदा

जनपत्र
१२ माघ २०७६, आईतवार ११:३४

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा आज पनि सार्वजनिक विदा दिएको छ । तामाङ समुदायको महत्वपूर्ण पर्वको रुपमा रहेको ल्होछारमा यस अघि पनि गाउँपालिकाले दुई दिन विदा दिने गरेको थियो ।  आज पनि सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले वताउनुभयो ।

सोहि अनरुप यो वर्ष पनि दुई दिन विदा दिएको गाउँपालिकाले जनाएको छ । ११ गते शनिबार परेको कारण सार्वजनिक विदा भएको, १० गते प्रदेश सरकारले विदा दिएको कारण आफुहरुले १२ गते विदा दिएको गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*