बसुन्धरास्थित ११ रोपनी सरकारी जग्गा ब्यक्तिको कब्जामा

जनपत्र
९ माघ २०७६, बिहीबार ०७:२०

काठमाडौं बसुन्धरास्थित ११ रोपनी सरकारी जग्गा व्यक्तिले कब्जा गरेर उपभोग गरिरहेको पाइएको छ । बसन्धराको इसान बाल तथा महिला अस्पतालसँगै रहेको ११ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेर टहरा बनाई भाडा खइरहेको टोखा नगरपालिकाका कर्मचारीले नागरिकलाई बताए । उनीहरुका अनुसार यसमा स्थानीय जनप्रतिनिधिकै मिलेमतो छ ।

नागरिकलाई प्राप्त विवरणमा काठमाडौं जिल्ला धापासी, वडा नम्बर ९ ९क०९हाल टोखा नगरपालिका ५० को कित्ता नम्बर १८ क्षेत्रफल ४ रोपनी ९ आना, कित्ता नम्बर १९ को क्षेत्रफल २ रोपनी ८ आना ८ दाम र कित्ता नम्बर २८ को क्षेत्रफल ३ रोपनी ८ आना सरकारी जग्गा अतिक्रमण गरी घर टहरा बनाएको उल्लेख छ ।

उक्त जग्गामा नाम बतन बताउन नचाहेका केही व्यक्तिले कवाडा संकलन गरी गोदामका रुपमा प्रयोग गरेर ठूलो कारोबार गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा स्थानीयले उजूरी पनि दायर गरेको छन् । (नागरिक दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*