सालकको खपडा सहित तीन जना पक्राउ

जनपत्र
७ माघ २०७६, मंगलवार १६:५३

हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० बाट बिक्री बितरणको लागी बार्गेनिङ भईरहेको अवस्थामा दुर्लभ वन्यजन्तु सालकको खपडासहित ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचना पाएर विक्रि स्थल पुगेको प्रहरी सहायक निरिक्षक नविन बिक्रम थापाको कमाण्डको टोलीले ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौडा–१ बस्ने बर्ष ३० को गौरव गौतम, सोही ठाउँ बस्ने बर्ष ३१ को कृष्ण बहादुर गोले र हेटौंडा–११ बस्ने बर्ष ४८ को सुर्य लामा रहेका छन् ।
उनिहरुको साथमा रहेको कालो झोलामा ल्याएको २ किलो १९० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपडा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*