भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

जनपत्र
५ माघ २०७६, आईतवार २१:०४

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत भीमफेदी गाउँपालिका–२ मा मोटर साईकल दुर्घटना हुँदा पर्साको परशुरामपुर गाउँपालिका–८ का ३० वर्षीय अनिल प्रसाद चौहानको मृत्यु भएको हो ।

हेटौंडाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ५२ प ४६१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुर्घटनामा घाईते चौहानको उपचारका लागि हेटौंंडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकोे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*