मकवानपुरको मनहरीमा वसको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित गएराति बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीय भीमराज स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको साईकलयात्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाईते भएका थिए ।
बसको ठक्करबाट गम्भीर घाईते भएका उनको हेटौैंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।