पेस्तोल र दुई राउन्ड गोलीसहित दुईजना पक्राउ

चाइनिज पेस्तोल र गोलीसहित जनकपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ठक्कर दिएको कार चेकजाँच गर्दा पेस्तोल र गोली फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैया बस्ने वर्ष ४० का जितेन्द्र यादव र सोही नगरपालिका(५ महेन्द्रनगरका कुमोदनारायण झा रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
जनकपुरधाम उपमहानगरपालिका-१ भानु चोकमा शनिबार दुर्घटनामा परेको कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो।
बा १४ च ७४५९ नम्बरको उनीहरू चढेको कारले ज ९ प ४८०६ नम्बरको मोटरसाइकलमा ठक्कर दिएपछि प्रहरीले कारलाई चेकजाँच गर्दा चाइनिज पेस्तोल र ६ राउण्ड गोली बरामद भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए। पक्राउ परेका दुबैमाथि थप अनुसन्धान भइरहेको उनले बताए।