अन्नपूर्ण आधारशिविर पदयात्रा क्षेत्रमा हिमपहिरो

जनपत्र
४ माघ २०७६, शनिबार ०७:४३

अन्नपूर्ण पदयात्रा क्षेत्रको अन्नपूर्ण आधारशिविर क्षेत्रमा हिमपहिरो गएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाको हिङ्कु केभ र देउरालीको बिचमा हिमपहिरो गएको बताइएको छ।

अन्नपूर्ण आधारशिविरमा ठूलो संख्यामा आन्तरिक र वाह्यि पर्यटकको जाने गर्दछन्। पदायत्रामा गएका आन्तरिक र वाह्यि पर्यटक अवस्थाको बारेमा खोजी हुँदै गरेको टान पोखराका अध्यक्ष हरि भुजेलले बताए। रेस्क्युका लागि टान पोखराले एउटा टोली त्यसतर्फ पठाएको टान पोखरामा उपाध्यक्ष सुशीले पौडेलले जानकारी दिए।

अन्नपूर्ण पदायात्रा क्षेत्रमा हिउँ पहिरो गएको र मानवीय क्षति भए नभएका अहिलेसम्म एकीन नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर काकीले जानकारी दिए। त्यस क्षेत्रका अवस्था बुझन र रेस्क्यूकालागि प्रहरी परिचालन गरिएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*