हेटौंडाको क्याम्पाडाँडामा तेस्रो लिंगीको संकासपद मृत्यु

जनपत्र
४ माघ २०७६, शनिबार ०७:२४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ क्याम्पाडाँडामा एक जना तेस्रो लिंगीको संकासपद मृत्यु भएको पाइएको छ । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ मा तेस्रो लिंगीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा नवलपुर घर भएका अजिता भुजेल आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।अर्धनग्न अवस्थामा सडक छेउमा तेस्रो लिंगीको शव भेटिएको प्रहरीले जनाएको छ । उनलाई हत्या गरेर फालिएको हुन सक्ने स्थानीय प्रतक्षदर्सीहरुले आसंका गरेका छन् । क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा शव भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलमा पुग्दा अन्दाजी २४/२५ वर्षको जस्तो देखिने उनको शव उत्तानो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उनको घाटीमा बत्तिको तार बेरिएको थियो जसले गर्दा घाटीमा निलो डाम देखिएको छ । घटनाको प्रकृति हेर्दा अजिताको हत्या भएको हुनसक्ने अनुसन्धान अधिकारीहरुले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*