विद्युतीय सार्वजनिक बस ल्याइँदै

जनपत्र
२ माघ २०७६, बिहीबार ०८:०३

निजी क्षेत्रको हिमालय मोटरक्सले कम्तिमा १५ देखि ४२ सिटसम्मका विद्युतीय बस ल्याउने भएको छ । पत्रकार सम्मेलन गरेर कम्पनीले तत्कालै यस्ता बसहरु ल्याउन लागेको जानकारी दिएको छ । प्रबन्ध निर्देशक ध्रुव थापाका अनुसार नेपाल सरकारले वातावरण मैत्री सवारीलाई प्राथमिकता दिने नीति अनुरुप नै विद्युतबाट सञ्चालन हुने सार्वजनिक– निजी– पर्यटकीय–स्कुल बस ल्याउन लागिएको हो ।

यो बसले वातावरणलाई समेत सहज गर्ने छ । यी सवारी कम्तिमा १५ सिटदेखिका माइक्रोबस र ४२ सिटसम्मका बसहरु हुने छन् साथै कार तथा जिपहरु समेत उत्पादन गर्ने ब्रिक्सन कम्पनीले जनाएको छ । बजारमा ल्याउन लागेको विद्युतीय सवारी अष्ट्रेलियन टेक्नोलोजीद्धारा निर्मित रहेको जनाउँदै पूरा चार्ज गर्न ४ देखि ८ घण्टासम्म लाग्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*