एम्बाप्पेकाे दुई गाेल, पीएसजीले माेनाकाेलाई हरायाे

जनपत्र
२ माघ २०७६, बिहीबार ०७:५६

मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेइन ९पीएसजी० ले फ्रेन्च लिगमा आठ अङ्कको अग्रता लिएको छ । बुधबार राति भएको खेलमा लिग लिडर पीएसजीले मोनाकोलाई चार–एक गोल अन्तरले हरायो । मोनाकोमा भएको खेलमा पीएसजीलाई जित दिलाउनका लागि केलियन एम्बाप्पले दुई गोल गर्दा नेयमार र पाब्लो सर्बियाले एक–एक गोल गरे ।

यसअघिको खेलमा तीन–तीन गोलको बराबरीमा रोकिएको पीएसजीले मोनाकोको मैदानमा सानदार जित निकाल्यो । २४औँ मिनेटमा एन्जल डी मारियाको पासलाई एम्बाप्पेले गोलमा परिणत गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा पाएको पेनाल्टीलाई नेयमारले गोलमा परिणत गर्दै पीएसजीलाई पहिलो हाफमा दुई–शून्यको अग्रता दिलाए ।

७२औँ मिनेटमा पाब्लो सर्बियाले गोल गर्दै पीएसजीलाई तीन–शून्यको अग्रता दिलाए । त्यसपछि ८७औँ मिनेटमा टिमोउ बाकायोकाले गोल गर्दै पीएसजीको अग्रता छोट्याए । दोस्रो हाफको इन्ज्युरी समयमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले चार–एकको जित निकाल्यो ।

२१ वर्षे फ्रेन्च फरवार्ड एम्बाप्पेले १४ खेलबाट गोल सङ्ख्या १३ पुर्‍याउँदै लिग वनको सर्वाधिक गोल स्कोररको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । मोनाकोका विसम बेन यडर १४ गोलसहित शीर्ष स्थानमा छन् । जितसँगै पीएसजीले २० खेलबाट ४९ अङ्क बनाएको छ । दोस्रो स्थानको मार्सेको ४१ अङ्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*