पोखरामा प्लाष्टिकको चामल आतंक : भिडियोमा हेर्नुस प्लास्टिकको चामल चिन्ने ४ तरिका

उद्योग वाणिज्य तथा उपभोक्ता हित गण्डकीको संयोजनमा पछिल्लो समय पोखरामा बजार अनुगमन भैरहेको छ । पछिल्लो समयमा नेपालमा प्लाष्टिकको चामलको हल्ला व्यापक रुपमा चलिरहेको छ ।
एक उपभोक्ताले आफुले खाइरहने चामलको भात र चामल किनेर लगेर खान लागेको चामलको भातमा फरक भएपछि चामलको अनुगमन गर्नका लागि टोलीलाई बोलाएपछि उद्योग वाणिज्य तथा उपभोक्ता हित गण्डकीको टोली सोमबार चामलको निरीक्षणको लागि उक्त स्थानमा पुगेको थियो ।
पोखरा महानगरपालिका वडा न ५ को एक किराना पसलमा यस्तो शंकास्पद चामल फेला परेपछि चामललाई ल्याब टेस्टको लागि लगिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष्य कपिलनाथ कोइरालाले बताए ।
हेर्नुस प्लास्टिकको चामल चिन्ने ४ तरिका
१) एउटा चम्चामा तेललाई हालेर तातो बनाउनुहोस् र त्यसमा चामल हाल्नुहोस् । प्लाष्टिकको चामल भए त्यो पग्लन सुरु गर्छ ।
२) एक चम्चा चामललाई एक ग्लास पानीमा हालेर राम्ररी चलाउनुहोस् । प्लाष्टिकको चामल हो भने , पानीमा तैरिन थाल्छ ।
३) थोरै चामललाई पकाउनुहोस् । यदि कन्टेनरमाथि कुनै मोटो पत्र जमेको देखिन्छ भने त्यो प्लाष्टिकको चामलका कारण हुनसक्छ ।
४) थोरै चामल लिएर त्यसमा सलाईको काँटीले आगो लगाउनुहोस् । यदि त्यसबाट जलेको बास्ना आयो भने त्यो प्लाष्टिकको चामल हुनसक्छ ।
https://www.youtube.com/watch?v=lny2JCRoP8s&feature=youtu.be