पिसाब थामेर बस्नुहुन्छ ? सावधान गुम्न सक्छ ‘पिसाब लागेको थाहा पाउने चेतना’

जनपत्र
२९ पुष २०७६, मंगलवार ०६:३०

पिसाब थामेर बस्ने बानी छ रु बाहिर चिसो छ केहिबेरमा जाउँला भनेर अटेर गर्नुहुन्छ भने अब तपाई होसीयार हुनुपर्छ । चिकित्सकले बताएअनुसार जब तपाईलाई पिसाब गर्न मन लाग्छ, तब गरिहाल्नुपर्छ ।

साधारण मूत्रथैलीमा करीब ४४३।६ मिलिलिटर पिसाब अटाउँछ ८ गिलास पानी बराबर १८९२। ७ मिलिलिटर हुन्छ र धेरैबेरसम्म पिसाब रोक्नाले थैली फुल्न सक्छ। हाम्रो पिसाबथैलीको स्वचालित प्रतिक्रिया संयन्त्रले थैली भरिएपछि दिमागमा सङ्केत पठाउँछ । तर यदि तपाई दिमागको आदेश मान्नुभएन भने, तपाईलाई पिसाब लागेको थाहा दिने चेतनामा कमी आउँदै जान्छ । वा क्षमता गुम्नसक्छ । त्यतिमात्रै होईन पिसाबथैलीमा संक्रमण हुनसक्छ ।

पिसाबथैली ब्याक्टेरियाहरूको घर बन्छ । त्यतिमात्रै होईन अन्य संक्रमण पनि देखा पर्छ । ब्याक्टेरियाले मृगौला सम्म सङ्क्रमण फैलाउँन सक्छ । धेरै बेरसम्म पिसाब थामेर बस्दा थैली भरिएर फुल्दछ र मूत्रनलीमा सङ्क्रमण हुन्छ । कसैलाई मूत्रथैलीको भित्ता सुन्निएर अत्याधिक पीडा पनि हुन सक्छ ।

के तपाईलाई पिसाब पोल्छ ? यस्तो छ कारण

मधुमेह

शरीरमा पानीको मात्रा नपुग्नु

मुत्रनलीको संक्रमण

कलेजो सम्बन्धी रोग

मुत्रमार्गमा संक्रमण हुनु

मृगौलामा पथरी हुनु लोकपथबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*