गण्डकी प्रदेश : सबै स्थानीय तहमा ‘हेलिप्याड’

जनपत्र
२९ पुष २०७६, मंगलवार ०६:२८

गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गतका सबै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माणको अभियान थालेको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपतकालीन उद्धार कार्यलाई सहज बनाउन र पर्यटकको आवागमलाई हेलिकोप्टरमार्फत सजिलो बनाउने उद्देश्यले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको हो । गण्डकी प्रदेशमा ८५ ओटा स्थानीय तह छन् ।

सबै स्थानीय तहमा एकरएक ओटा हेलिप्याड निर्माण गर्ने योजनासहित प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल थालेको छ । प्राधिकरणको प्राविधिक सहयोगमा सबै स्थानीय तहमा हेलिप्याड निर्माणको सम्भावनाबारेको अध्ययन अघि बढिसकेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।

प्रदेश सरकारले म्याग्दी, गोर्खा, मनाङ र मुस्ताङमा हेलिप्याड निर्माण गर्न आर्थिक वर्ष २०७५र७६ को बजेटमा करीब रू। ८ लाख विनियोजन गरेको छ । मन्त्री लम्सालका अनुसार ती चार जिल्लामा चालू आवभित्रै हेलिप्याड निर्माण गरिसकिने छ । हेलिप्याड निर्माणपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पुर्‍याउन तथा पर्यटकीय क्षेत्रमा हेलिकोप्टरमार्पmत पर्यटकलाई सहजरूपमा आवतजावत गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*